रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार एवम गृह मन्त्री बालकृष्ण खाण अगाडि बढेका छन् । १६६५५ मत गन्दा राप्रपाका दीपक बोहरालाई उछिन्दै खाणले अग्रता लिएका हुन् ।
खाणले ६४०७ मत प्राप्त गर्दा गृहमन्त्रीलाई टक्कर दिइरहेका बोहराले ६१४६ मत प्राप्त गरेका छन् । खाण २६१ ले मतले अगाडि रहेका हुन्।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार १९:५९