एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै प्रदीप पौडेल विजयी


तरुण पत्रिका

६ मंसिर २०७९, मंगलवार २०:३९

काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी भएका छन्। एमालेका ईश्वर पोखरेललाई पराजित गर्दै पौडल विजयी भएका हुन्। हालसम्म भएको ४१ हजार ६१८ मत गणना हुँदा पौडेलले १४ हजार ५२ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी पोखरेलले ९ हजार ४६२ मत ल्याएका छन्। अब मत गन्न ४ हजार ३४० मत छ। तर, पौडेलको अग्रता ४ हजा ५९० रहेको छ।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार २०:३९