मकवानपुर १ मा महालक्ष्मी अर्याल डिना अगाडि




मकवानपुर जिल्लाको क्षेत्र नं १ मा १६ हजार आठ सय मतगणना हुँदा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना सात हजार पाँच सय ७८ मत प्राप्त गरेर अग्रस्थानमा हुनुहुन्छ । त्यसैगरी दोस्रो स्थानमा राप्रपा नेपालका कमल थापाले पाँच हजार एक सय १५ मत प्राप्त गर्नुभएको छ । राप्रपाका दीपकबहादुर सिंहले दुई हजार तीन सय ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नं २ को १८ हजार दुई सय ९७ मतगणना हुँदा नेकपा (एमाले) का महेश बर्तौलाले सात हजार ए सय ७० मत प्राप्त गरी अग्रता बनाइरहनुभएको छ । पाँच दलीय गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले छ हजार नौ सय ४६ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका भरतप्रसाद पराजुलीले दुई हजार चा सय ७९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार २०:५०