काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी भएका छन्। एमालेका ईश्वर पोखरेललाई पराजित गर्दै पौडल विजयी भएका हुन्।
पौडेल १५ हजार २३७ मत ल्याएर विजयी हुँदा एमालेका पोखरेलले १० हजार १७२ मत ल्याए। पौडेल र पोखरेलबीचको मतान्तर ५ हजार ६५ मतको रह्यो। पोखरेल यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद् हुन् भने पौडेलले पहिलो पटक संसदीय निर्वाचनमा जित हात पारेका हुन्।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार २१:०७