गगनलाई बधाई दिँदै विश्वप्रकाशले भने– मैले प्रधानमन्त्रीकारुपमा प्रस्ताव गर्नेछु



काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं–४ बाट निर्वाचित भएका महामन्त्री गगनकुमार थापालाई बधाई दिएका छन्। एमालेका राजन भट्टराईलाई हराएर ह्याट्रिक गरेका थापालाई शर्माले बधाई दिएका हुन्।

सामाजिक संजाल मार्फत बधाई दिएका शर्माले गगनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीकारुपमा प्रस्ताव गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ,’ उनले भनेका छन्। शर्माले झापा–१ बाट जित्ने निश्चित भइसकेको छ। जारी मतगणनामा उनले एमालेका अग्नि खरेललाई फराकिलो अन्तरले पछि पारेका छन्।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार २१:३३