काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । योसँगै घण्टीले काठमाडौंका तीन सीटमा जित हात पारेको छ । सोविताले १५२२९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका मणिराम फुयाल ११५५५ मा रोकिए ।सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्ती ९४४८ मत ल्याएर तेस्रो बनिन् ।

प्रकाशित: ७ मंसिर २०७९, बुधबार ०६:०८