कञ्चनपुरमा ३ मा कांग्रेसका लेखक विजयी



कञ्चनपुर । प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् । ९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो ।

प्रकाशित: ७ मंसिर २०७९, बुधबार १९:४९