कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी




काठमाडौं, ८ मंसिर
नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् ।

यहाँ ०६४ मा नेमकिपाका सुनील प्रजापति, ०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र ०७४ मा एमालेका बस्नेतले जितेका थिए ।

कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजा र ५३ मत बदर भएको थियो ।

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार ०७:२२