नवलपुर–२ मा कांग्रेसका विष्णु कार्की निर्वाचित



नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्व–२ नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई २ हजार २१ मतान्तरले हराउँदै कार्की निर्वाचित भएका हुन्।

कार्कीले ३६ हजार १०४ मत ल्याउँदा नेकपा एमालेका तिलक महतले ३४ हजार ८३ मत प्राप्त गरे। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले ६ हजार ४४३ मत प्राप्त गरे भने राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले ३ हजार ३२४३ मत प्राप्त गरे । क्षेत्र नम्बर २ मा ८५ हजार ३९९ मत खसेको थियो ।

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार २०:११