काठमाडौं । संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन्। खड्काले एमालेका राजेन्दप्रसाद्र गौतमलाई ५ हजार ४ सय ३९ मतान्तरले पराजित गरेका हुन्।
खड्काले ३२ हजार १५८ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गौतमले २६ हजार ७१९ मत। १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेको संखुवासभामा ६५ हजार ३ सय ३७ मत खसेको थियो।
खड्का र गौतम २०७० सालको संविधानसभा निर्वाचनदेखि नै प्रतिस्पर्धा गर्दै आएका हुन्। २०७४ को निर्वाचनमा पनि गौतमलाई खड्काले हराएका थिए।
प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार २०:०२