नुवाकोट २ मा कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित


तरुण पत्रिका

१० मंसिर २०७९, शनिबार ११:४२

काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् ।लराष्ट्रिय स्वतन्त्र पार्टीका शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाएर दोस्रो भए । एमालेका नारायणप्रसाद खतिवडा १५ हजार ५६१ मतका साथ तेस्रो भए भने राप्रपाका झनक प्याकुरेलले १५७१ मत ल्याएर चौथो भएका छन् ।

प्रकाशित: १० मंसिर २०७९, शनिबार ११:४२