तेह्रथुम । तेह्रथुममा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पराजित गरेकी छन्। अन्तिम मतपरिणाम अनुसार गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा सुब्बाले १८ हजार ६२३ मत ल्याएका छन्।
प्रकाशित: १० मंसिर २०७९, शनिबार ११:५८