महोत्तरी ४ मा कांग्रेसका महेन्द्रकुमार राय विजयी



महोत्तरी । महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् । महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत ल्‍याएको निर्वाचन आयोगले जनाएको छ । यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत मात्र ल्‍याए ।

प्रकाशित: १० मंसिर २०७९, शनिबार १८:२५