विराटनगर– मोरङ–१ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु निर्वाचित भएका हुन्। मतगणनाको सुरूवातदेखि नै पछि परेका लिम्बुले नतिजा उल्टाउँदै ३२५ मतान्तरले बाजी मारे ।
डिगबहादुरले २५ हजार ७९४ मत ल्याउदा खतिवडाले २५ हजार ४६९ मत पाए । अघिल्लो निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए । ७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।
प्रकाशित: १० मंसिर २०७९, शनिबार २१:१२