उदयपुर–१ मा कांग्रेसका डा खड्काको जित निश्चित



काठमाडौं । प्रतिनिधि सभा सदस्यमा उदयपुर–१ बाट कांग्रेस उम्मेदवार डा नारायण खड्काको जित निश्चित भएको छ।

परराष्ट्र मन्त्रीसमेत रहेका डा खड्का र निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरीबीचको मतान्तर गन्न बाँकी मत भन्दा कम भएपछि डा खड्काको जित निश्चित भएको हो।

उदयपुर–१ मा पर्ने क्षेत्रमा खसेको कुल मतमध्ये २ हजार मत गन्न बाँकी छ। डा खडकाभन्दा चौधरी २ हजार १५० मतले पछि छन्।

हालसम्मको गणनामा डा खड्काले ३० हजार ४६ मत ल्याउँदा चौधरीले २७ हजार ८९६ मत पाएकी छन्।

प्रकाशित: १३ मंसिर २०७९, मंगलवार १९:०२