काठमाडौं। सुदूरपश्चिमको अप्तड क्षेत्र केन्द्र बिन्दू भएर ६ दशमल ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान २ बजेर १३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापण केन्द्रले जनाएको हो । त्यस्तै, डोटीमा भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं ३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।
पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार भत्किएको घरमा च्यापिएको अवस्थामा एक महिला र दुई बालबालिका गरी तीन जनाको शव भेटिएको छ । उनीहरूको सनाखत हुन बाँकी छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्वार काम गरिरहेका छन् ।
त्यस्तै, मंगलबार राती ९ बजेर ७ मिनेटमा पनि खप्तड क्षेत्र नै केन्द्र बिन्दू भएर ५।७ म्याग्निच्युटको भूकम्प गएको थियो । सानो ठूलो गरी सुदूरपश्चिक केन्द्र भएर पाँच घण्टामा ६ पटक भूकम्प गएको राष्टिय भूकम्प मापण केन्द्रले जनाएको छ। भूकम्पका कारण भएको क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन ।
प्रकाशित: २३ कार्तिक २०७९, बुधबार ०६:२८