पत्रकार सारोजराज अधिकारी मृत फेला



काठमाडौं । पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्। अधिकारी सुन्धारास्थित सिदार्थ होटेलमा मृत अवस्थामा भेटिएका हुन्।

कात्तिक २१ गतेदेखि सम्पर्कविहीन रहेका अधिकारी बुधबार सिदार्थ होटेलको एक कोठमा मृत फेला परेका हुन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी देवबहादुर बोहराका अनुसार उनको खोजीको लागि श्रीमतीले आज मात्रै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। निवेदन पश्चात प्रहरीले खोजी गर्दा अधिकारी होटेलमा मृत भेटिएका हुन्।

उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०७९, बुधबार २०:३०