शेखरचन्द्रको ठाउँमा कांग्रेसले लिम्बुलाई उम्मेदवार बनाउने



विराटनगर । नेपाली कांग्रेसले मोरङ ३ क का उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि नयाँ उम्मेदवार अघि सारेको छ। कांग्रेसले प्रदेशसभामा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

उनले दिउँसो १ बजेसम्म मनोनयन दर्ता गराउँदै छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विहीवार उम्मेदवारको मनोनय दर्ता गराएका उम्मेदवारविरुद्ध दावी विरोधलगायतका प्रक्रिया पुरा गरेरर शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार १०:५३