काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीले गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभामा उम्मेदवार रहनु भएका डा. चन्द्र भण्डारीलाई जितको शुभकामना व्यक्त गरेका छन्। काठमाडौंको माइतीघरमा विहिबार विहान भएको भेटघाटका क्रममा केसीले मुलुकमा बढदै गएको भ्रष्टाचार र वेतिथि नियन्त्रणका लागि भण्डारीको जित महत्वपूर्ण रहेको बताए।
केसीले राष्ट्र, राष्ट्रियता र मुलुकको रुपापान्तरणका लागि स्पष्ट दृष्टिकोण भएका युवा नेताहरुले निर्वाचन जित्नुपर्ने बताए। डा. केसीले भने, ‘तपाइमा देशमा केही गरौँ भन्ने तिव्र इच्छा देखेको छु, पार्टी राजनीति भन्दा माथि उठेर देशको हितमा लाग्ग सक्ने तपाँइ जस्ता युवा नेता प्रतिनिधि सभामा आउनुपर्छ ।’
केसीले गुल्मीका मतदातालेभण्डारीको उचित मुल्याङ्कन गर्ने विश्वास समेत व्यक्त गरे। आफू कुनै राजनीतिक पार्टी र व्यक्तिको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै केसीले भण्डारी पार्टी राजनीति भन्दा माथि उठेर मुलुकको हितमा काम गर्ने व्यक्ति भएकाले मात्र आफूले सुभेच्छा व्यक्त गरेको समेत बताए।
भण्डारीसँग मुलुकमा देखिएका वेतिथि विरुद्ध लडन सक्ने राष्ट्रियताको सवालमासमेत स्पट धारणा राख्न खुबी देखिको भन्दै केसीले मुलुक रुपान्तरणको तिव्र चाहना र दृष्टिकोण आफूले अनुभव गरेकाले जितको शुभकामना व्यक्त गरेको बताए।
नेपालमा चिकित्सा शिक्षाको सुधारका लागि १९ औँ पटक आमरण अनसन बसिसक्नु भएका सत्याग्रही केसीलाई नेपालका महात्मा गान्धिको रुपमा हेर्ने गरिन्छ।
उक्त भेटघाटका क्रममा गुल्मी क्षेत्र नम्बर–१ प्रतितिधि सभाका उम्मेदवार भण्डारीले मेडिकल शिक्षाको सुधारमा केसीको संघर्ष र योगदानबाट आफू निकै प्रभावित भएको बताए।
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार २०:१३