सुदुरपश्चिममा भूकम्पको धक्का महसुस



काठमाडौं । सुदुरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ। शनिवार राति ८ बजेर १२ मिनेट जाँदा भूकम्प गएको हो। बझाङको पातेदेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको हो।

सुदूरपश्चिमको डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

प्रकाशित: २६ कार्तिक २०७९, शनिबार २०:२५