रसुवा । रसुवा जिल्लाबाट मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि सत्तापक्षिय गठबन्धनका साझा उमेदवार मोहन आचार्य प्रतिस्पर्धी भन्दा बलिया देखिएका छन् । गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणमको आँकडा अनुसार नेपाली काँग्रेसका आचार्य प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार छोवाङ तेन्जीन तामाङ भन्दा बलिया देखिएका हुन् । यस अघि प्रतिनिधिसभा सदस्यको जिम्वेवारी हासिल गरी सकेका आचार्य रसुवा जिल्लाका पाका र रसुवा वासीले मन पराएका उमेदवारको पहिचाहन बनाएका उमेदवार हुन् । ५ वटा पालिका रहेको रसुवा जिल्लामा संघिय प्रतिनिधिकासभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । भने प्रदेश तर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको छ ।
स्थानीय तहको निर्वाचनमा पाँच मध्य ३ वटा पालिका प्रमुखमा र दुई वटा उप–प्रमुखमा नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो, भने दुई वटा पालिका प्रमुख र ३ वटा उप–प्रमुखमा नेकपा एमालेलेका उमेदवार विजयी भएका थिए । स्थानिय चुनावमा दलहरु एक्ला एक्लै भिडेको अवस्थामा नेकपा एमाले भन्दा १२१ मत कम ल्याए पनि ३ वटा पालिका प्रमुखमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् । कुल ३९ हजार ४५९ मतदाता रहेको रसुवा जिल्लामा माओवादी केन्द्र, नेकपा ९समाजवादी० लागाएतका दलहरुको वठबन्धनका साझा उमेदवारका रुपमा मोहन आचार्य प्रतिस्प्रर्धामा छन् ।
गएको बैशाख महिनामा सम्पन्न स्थानीय चुनाबमा नेकपा एमालेले जिल्लाको पाँच वटै पालिकाको कुल १२ हजार २८७ मत, नेपाली काँग्रेसले १२ हजार १५५, माओवादी केन्द्रले ३२ सय २७ र नेपाल नेकपा समाजबादीले ४६ मत हासिल गरेको थिए । सोहि मत परिणाम समायोजन गर्दा गठबन्धनको मत कुल १५ हजार ४३९ हुन्छ भने, एमालेको १२ हजार २८७ मत हुन आउँछ । यो परिणामलाई हेर्दा गठबन्धनका तर्फबाटको उमेदवारको मत ३१ सय ५२ बढी देखिएकोले रसुवामा गठबन्धनका तर्फबाटका साझा उमेदवार नेपाली काँग्रेसका आचार्य विजयी हुने सम्भावना बढी रहेको छ । त्यस्तै प्रदेशसभाका लागि ९क० बाट नेपाली काँग्रेसका प्रभात लामा तामाङ उमेदवार बनेका छन, भने नेकपा एमालेबाट कुल प्रसाद भट्ट प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेशसभा ९ख० मा गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रबाट इन्द्रप्रसाद गोतामे ९जगतजंग० र नेकपा एमालेबाट तेम्बेल तामाङ बीच कडाप्रतिस्पर्धा हुँदैछ ।
रसुवा जिल्लामा संघ भन्दा प्रदेशसभाका लागि कडा प्रतिसपर्धा हुने देखिएको छ । नेपाली काँग्रसबाट टिकट नपाएका सारदा प्रसाद न्यौपाने नेपाली काँग्रेस ९विपि० पार्टीको उमेदवार बन्दै प्रदेशसभाका लागि ९ख० बाट प्रतिसपर्धी गर्दै छन् । न्यौपानेले काँग्रेसको केहि मत काट्ने भएकाले प्रदेशसभाका लागि ९ख० मा गठबन्धनका इन्द्र प्रसाद गोतामेलाई अफ्ठेरो पर्ने सम्भावना देखिएको छ । तर निरन्तर घर दैलो गठबन्धनको निरन्तर सहकार्यका कारण गोतामे उच्च मनोबलका साथ चुनावमा होमिएका छन् ।
मतदाताले देखाएको चासो र आश्वासनले आफु जितको नजिक रहेको पनि गोतमेले दावी गर्दै आएका छन् । गठबन्धन सहितका दलहरु चुनावी मैदानमा होमिई घर दैलोमा वेस्त हरेका बेला रसुवामा ३ स्वतन्त्र उमेदवार पनि प्रचार प्रसारलाई तिव्र बनाई रहेका छन् । स्थानीय चुनावमा काठमाडौ, धरान लागाएतका केहि स्थानमा स्वातन्त्र उमेदवारहरुको सफलता देखेर आफुलले पनि जित्ने सपना देखेका स्वतन्त्र उमेदवारलाई रसुवामा गठबन्धन सहितका दल संग प्रतिस्प्रर्धा गर्नु फलामका चिउरा झै हुने देखिन्छ । प्रतिनिधिसभा सदस्यको चुनाबमा रसुवा जिल्ला बाट ३ स्वातन्त्र सहित १० पार्टीले प्रतिस्प्रर्धा गर्दै छन् ।
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार ११:०९