कांग्रेसले भन्यो– चुनाव गठबन्धनले जित्छ



काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचन कांग्रेसले जित्ने दाबी गरेको छ। प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने दाबी गरेका हुन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याए । उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार १९:५४