काठमाडौं । नायक प्रदीप खड्काले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई भोट मागेका छन्। काठमाडौं–४ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका थापालाई नायक खड्काले भोट मागेका हुन्।
उनी बुधबार थापाको निर्वाचन क्षेत्रमा पर्ने बुढानिलकण्ठ नगरपालिका १२ मा भएको घरदैलो कार्यक्रममा सहभागि भए। खड्का सहितको तस्विर थापाले सामाजिक संजालनमा पोस्ट गरेका छन्।
खड्का कांग्रेस उम्मेदवारको पक्षमा देखिएका छन्। मंगलबार मात्रै उनी नवलपरासी पुगेर विनोद चौधरीलाई भोट मागेका थिए।
प्रकाशित: ३० कार्तिक २०७९, बुधबार २०:२२