नुवाकोट । नेपालि काङ्गेसका नेता नुवाकोट क्षेत्र न २ का गठबन्धनका नेता अर्जुन नरसिह केसिले मंसिर४ कोचुनावमा हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न जिताउनुपर्ने र चिर्वाचनमा लड्ने उमेदवारहरूले म सक्षम छु मेरो एजेण्डा राम्रो छन् भन्नू स्वाभाविक हो तर जसले हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्छ त्यसैलाई जनताले मंसिर ४ मा मतदान मार्फत आफ्नो प्रतिनिधि रोज्नु पर्ने बताए।
कुनै पनि उमेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने भन्दै केसिले जनतासामु आफु र गठबन्धनले स्पष्ट योजना र मन जितेर अगाडि बढेको केसीले बताए।
मंसिर ४ गते जनताले आफ्नो प्रतिनिधि चुन्दा सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउनुस्, सिंहदरबारमै हराउने प्रतिनिधि पठाउन नहुने र राष्टिय रुपमा आएका अनमितता र भष्ट्रचारको बिरुद्र म निरन्तर सडक र ससदमा लड्ने तथा जिल्लाबासिको हरेक सुख दुखमा सदैब साथमा रहने बताए
नेपाली जनताले पहिलोचोटी प्राप्त गरेको सार्वभौमसत्ता, संविधान रक्षाको निम्ति पाँच पार्टीबीच गठबन्धन भएको बताए । ‘कुनै व्यक्तिगत रुपले के फाइदा हुने भनेर गठबन्धन गरिएको होइन,’ नेता केसीले भने, ुसंविधान ध्वस्त बनाउनेविरुद्ध गठबन्धन हो ।ु सडक, बाटो जस्ता विकास निर्माण, स्वास्थ्य, खानेपानी, सिँचाईका लागि निरन्तर लडिरहने र आफुले र गठबन्धनका साथिहरुले अधि बढाएका बिकासका योजनालाई पुरा गर्ने बताए।
तामाङ बस्तीको बाहुल्यता रहेको नुवाकोटमा आफ्नो क्षेत्रमा तामाङ जातिको भेषभुषा र संस्कृति जोगाउन तामाङ संग्रहालय निर्माण गर्ने,उतरगया,देबिघाट,लगायत महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थलका रुपमा बिकास,जलबिद्घुत र बेलकोट र बिदुर नगरपालिका भित्र उघोग ग्राम बनाउने नेता केसीले भने,‘हातखुट्टा चलुन्जेल यो क्षेत्रको विकासमा लागिरहन्छु ।’उनले कृषि कलेज विकास, चियाखेती विस्तार गर्ने र जडिबुटी खेतीको विकास गर्न लागिपर्ने पनि बताए ।
कार्यकमा नेका प्रबक्ता डा प्रकासशरण महत,केन्दिय सदस्य डा मिनेन्द्र रिजाल,प्रदेश उमेदवारहरु बहादुर सिह लामा,रामप्रसाद ढुङ्गाना तथा माओबादि केस दय बिमला सुवेिद र हित बहाुर तामाङ नेका पुर्व सभापति मा जगदिश्वर नरसिह केिस लगायतले सम्बोधन गरेका थिए
प्रकाशित: १ मंसिर २०७९, बिहीबार १९:३८