सुनसरी ४ बाट सञ्चार मन्त्री कार्की विजयी


तरुण पत्रिका

१५ मंसिर २०७९, बिहीबार ११:३१

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै विजयी भएका हुन्। कुसियैत भन्दा कार्कीले १ सय १२ मत बढी ल्याएका छन् । अन्तिम मत परिणाम आउन बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार ११:३१