स्याङ्जा २ मा धनराज गुरूङको ११ सय बढी मतको अग्रता


तरुण पत्रिका

१५ मंसिर २०७९, बिहीबार ११:५८

स्याङ्जा, १५ मंसिर । निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् । 

एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् । 

गुरुङले ४ हजार ५९० मत पाउँदा  अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् । 
 

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार ११:५८