काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ ।
गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिएका थिए।
दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थीरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको हो । आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको छ ।
राउतको नयाँ सोच, नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्ने गृहमन्त्री खाणले भेटका क्रममा बताएका थिए।
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार २०:४८