स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् ।
गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत पाएकी छन् । अहिलेसम्म गल्याङ ६ र ७, भीरकोट ५,६,७,८ र ९ तथा वालिङ १,२,५,६, ७ र ८ गणना सम्पन्न भएको छ।
प्रकाशित: १५ मंसिर २०७९, बिहीबार २१:०६