काठमाडौं। बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीले सुरु गरेको आन्दोलनका कारण आज पनि धनगढी तनाबग्रस्त बन्यो।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ३७ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आन्दोलनमा सहभागी विद्यार्थी र अन्य गरी २१ जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले हिजो साँझ देखि धनगढीका बिभिन्न क्षेत्रमा अर्को सूचना जारी नभएको सम्मको लागि निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञाको अवधिका आन्दोलन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो। यता विद्यार्थी र अभिभावकहरूले भने प्रहरीले विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार १५:५३