नेकपा एसले भन्यो : माओवादी केन्द्रसँग तत्काल पार्टी एकताको सम्भावना छैन


तरुण पत्रिका

१६ मंसिर २०७९, शुक्रबार १६:०६

काठमाडौं। नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पस्ट पारेको छ।

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको प्रचार निराधार भएको र अहिलेसम्म त्यसबारे वार्ता वा संवाद केही पनि नभएको प्रष्ट पारेका छन्।

‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रस्ट छौं तर अहिले त्यस विषयमा कुनै निर्णय त के वार्ता, छलफलसम्म केही भएको छैन’ विज्ञप्तिमा भनिएको छ।

Tags :

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार १६:०६