कांग्रेसबाट छानिने समानुपातिकतर्फका सम्भावित यी हुन् ३३ सांसद



काठमाडौं। प्रतिनिधिसभाको मतपरिणाम अन्तिम चरणमा पुगेपछि दलहरूमा समानुपातिक सांसदको बन्ने भन्ने हिसाब–हिताब भइरहेको छ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६२ स्थानको नतिजा आइसकेको छ भने बाजुरा, दोलखा र स्याङ्जा १ मा मतगणना जारी छ। नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५५ सिट जितेर पहिलो पार्टी बनेको छ। जारी मत गणनामा पनि बाजुरा र स्याङ्जा १ मा कांग्रेसका उम्मेदवारको फराकिलो अग्रता छ।

प्रतिनिधिसभा सदस्यमा ५७ जना, समानुपातिकको सम्भावित ३३ सिट र राष्ट्रियसभाका १० जना गरी संघीय संसदमा कांग्रेसका एक सय जना सांसद हुन्छन्। यसको ३३ प्रतिशत अर्थात् ३३ जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिनिधिसभाको प्रत्यक्ष १ र राष्ट्रियसभाका ३ गरी कांग्रेसबाट अहिले संसदीय दलमा चार जना महिला छन्। तेह्रथुमबाट प्रतिनिधिसभामा सीता गुरुङ प्रत्यक्षमा निर्वाचित भएकी छन्। यसैगरी राष्ट्रियसभा सदस्यमा कमला पन्त, अनिता देवकोटा र दुर्गा गुरुङ छन्।

अब कांग्रेसले समानुपातिकमा पाएको मतका आधारमा पाउने देखिएको ३३ सांसदमध्ये २९ जना महिला अनिवार्य रुपमा संघीय संसदमा लैजानुपर्छ। समानुपातिकतर्फ बाँकी चार जना पुरुषले पनि स्थान पाउन सक्छन्। जनसंख्याको अनुपात अनुसार प्राथमिकता पाउँदा सुरुका ४ वटा कलस्टरको पहिलो नम्बरमा रहेकाहरू सांसद बन्ने सम्भावना रहन्छ।

खासआर्यबाट प्रकाशशरण महत, आदिवासी जनजातिबाट गोपालमान श्रेष्ठ, मधेसीबाट विमलेन्द्र निधि र दलितबाट जीवन परियार सांसद बन्ने देखिन्छ। पीछडिएको क्षेत्रबाट प्राथमिकता अनुसार छनोट गर्दा भने जयपती रोकाया, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुन्छन्।

बाँकी ३३ जना महिलामा पनि विभिन्न कलस्टबाट सांसद चयन गरिन्छ। कांग्रेसबाट खसआर्य कोटाका ८ जना महिला सांसद हुने देखिन्छ। अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, कान्तिका सेजुवाल सांसद बन्ने सम्भावना छ।

आदिवासीज जनजाती महिलातर्फ सरस्वती बजिमय, लिलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर सांसद बन्ने देखिन्छ। यस्तै मधेसी महिलातर्फ नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, निनु कुमारी कर्ण, संगीता मण्डल सांसद बन्ने देखिन्छ।

थारु महिला कोटातर्फ कल्पना चौधरी, विनाकुमारी थनेत, जीवन राना थारु सांसद बन्दा दलित महिलातर्फ शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र विष्णुमाया परियारको सम्भावना बढी छ । यस्तै मुस्लिम महिलातर्फ जावेदा खातुन जागा र दिल कमारी सुवेदी (कमाल) सांसद बन्ने देखिन्छ।

Tags :

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार १६:५२