बाजुरामा बिहानदेखि रोकिएको मतगणना पुनः सुरु


तरुण पत्रिका

१६ मंसिर २०७९, शुक्रबार २०:०५

बाजुरा । आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ ।

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो ।

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार २०:०५