प्रदेश १ मा काँग्रेसका १२ प्रदेश सभा सदस्य हुने (सूचीसहित)


तरुण पत्रिका

१७ मंसिर २०७९, शनिबार ०५:५८

नेपाली काग्रेसले प्रदेश नम्बर १ मा समानुपातिकमा १२ वटा सिट पाउँदा २ पुरुष र १० जना महिला समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य हुने छन् । जसमा ६ जना आदिवासी जनजाती महिला, ३ जना खस आर्य महिला, एक(एक जना दलित, मधेशी र थारु महिलालाई सांसद बनाउनु पर्ने देखिन्छ ।

समानुपातिकको बन्द सूचीमा खसआर्य पुरुषको १ नम्बरमा झापाका उद्धव थापा छन् । आदीवासी तर्फ भने मोहन महर्जनको नाम १ नम्बरमा छ ।

आदिवासी जनजाती महिला तर्फ क्रमश पाँचथरकी मैया श्रेष्ठ, सोलुखुम्बुकी डोल्मा तामाङ, उदयपुरकी लिलाकुमारी राई, सुनसरीकी ममता मगर तामाङ, मोरङकी शोभा चेम्जोङ पालुङ्वा पर्न छन् । उनीहरु प्रदेश सभा सदस्य हुने सम्भावना छ ।
खसआर्य महिलामा धनकुटाकी ईन्दीरा थापा, ईलामकी खगेश्वरी पौडेल, धनकुटाकी सुमना तिम्सिना प्रदेश सभा सदस्य हुने देखिन्छ ।

थारु क्लष्टरबाट सुनिता गच्छदार चौधरी सुनसरी, दलित महिला तर्फ पम्फादेबी विश्वकर्मा झापाका छन् । मधेशी महिलामा लक्ष्मीकुमारी ठाकुर सुनसरीबाट प्रदेश सभा सदस्य हुने देखिन्छ । पुरुष प्रदेश सभा सदस्यमा चाँही खस आय र जनजाती को के भन्ने नखुल्दा एक जनाको नाम तलमाथि हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित: १७ मंसिर २०७९, शनिबार ०५:५८