बाजुरा (१) को प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित



काठमाडौं। बाजुरा (१) को प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित भएको छ। एक हजार चार सय मत गन्न बाँकी रहँदा शाहीले एक हजार आठ सय मतान्तरले अग्रता लिएका छन्।

१८ हजार ३६१ गणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले आठ हजार कटाएका छन्। एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष शाहीलाई सत्तारुढ गठबन्धनको समर्थन छ।

Tags :

प्रकाशित: १७ मंसिर २०७९, शनिबार १८:१९