अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश



काठमाडौं। फिफा विश्वकप फुटबलमा अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारमा आइतबार सकिएको खेलमा अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक\एक गोल गरे। अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पायो।

खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो।

अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ।

Tags :

प्रकाशित: १८ मंसिर २०७९, आईतवार ०७:५५