संघमा जितेका थापा प्रदेशमा कांग्रेसका शाहीसँग पराजित


तरुण पत्रिका

१८ मंसिर २०७९, आईतवार ०८:५६

काठमाडौं। बाजुरा निर्वाचन क्षेत्र नं ‘१’ प्रदेशसभामा नेपाली कांग्रेसका पदम बहादुर शाही विजय भएका छन्।

शाही दुई हजार ५९८ मध्यान्तर मतले विजय भएका हुन्। शाहीले २० हजार ११९ मत प्राप्त गरे भने उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापा निवर्तमान सांसद् हुन्।

शाहीको जितसँगै सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १२ सिट पुगेको छ। बाजुराको प्रदेशसभा १ मा भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नरेश शाही निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको अग्रता कायम छ।

प्रकाशित: १८ मंसिर २०७९, आईतवार ०८:५६