गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि, सेनाले गर्‍यो डिस्पोज



काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु बम नभएको पुष्टि गरेको हो। सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरेको छ।

आइतबार बिहान बास्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखिएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

शंकास्पद वस्तु कसले राख्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बास्कोटा भने काभ्रेकै घरमा रहेको बुझिएको छ। बास्कोटाले काभ्रेबाट सांसद् जितेका छन्।

Tags :

प्रकाशित: १८ मंसिर २०७९, आईतवार १०:०१