महेन्द्रनगरबाट समायो माया हत्याका अभियुक्त सशस्त्र प्रहरी


तरुण पत्रिका

१८ मंसिर २०७९, आईतवार १०:५७

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन्। उनी कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन्। कञ्चनपुर प्रहरीको सहयोग आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए। त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन्। मंगलबार साँझ हत्या गरिए पनि बुधबार दिउँसो १ बजेपछि मात्र घटना सार्वजनिक भएको थियो।

याे पनि पढ्नुहाेस्

बैतडीमा युवती हत्या प्रकरण : सशस्त्र प्रहरी जवानको नाममा आफन्तले दिए किटानी जाहेरी

प्रकाशित: १८ मंसिर २०७९, आईतवार १०:५७