दोलखा प्रदेशसभा २ मा एमालेका भरत केसी निर्वाचित


तरुण पत्रिका

१८ मंसिर २०७९, आईतवार १२:१४

काठमाडौं। दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्। भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर समेत रहेका केसीले नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई हराउँदै प्रदेश सदस्यमा निर्वाचित भएका हुन्।

केसीले १९ हजार ४१४ मत ल्याए भने कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याएका थिए। १८ सय ९ मतको अन्तरमा केसीले लामालाई पराजित गरेका हुन्।

मंसिर ४ गते देशभर एकैसाथ निर्वाचन सम्पन्न भएपनि दोलखाको केही मतदान केन्द्रमा सत्तागठबन्धनले बुथ कब्जा गरेको आरोप लागेपछि निर्वाचन आयोगले मंसिर १५ गते केही मतदान केन्द्रमा पुन मतदान गराएको थियो।

प्रतिनिधिसभा र प्रदेश सभा १ मा भने मतगणना भइरहेको छ। प्रदेश सभामा कांग्रेस उम्मेदवार कुन्दनराज काफ्लेको अग्रता रहेको छ।

Tags :

प्रकाशित: १८ मंसिर २०७९, आईतवार १२:१४