सरकारको सम्पत्ति डेढ खर्ब, सबैभन्दा धनी गृह मन्त्रालय



काठमाडौं। सरकारको सार्वजनिक सम्पत्ति डेढ खर्बभन्दा रुपैयाँ देखिएको छ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक सम्पत्ति मूल्यांकन व्यवस्थापन प्रणालीमा समावेश गरेको तथ्यांकअनुसार सरकारी मन्त्रालय र तिनका निकायमा एक खर्ब ५० अर्ब ९५ करोड ९१ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको हो।

तथ्यांकअनुसार सबैभन्दा बढी गृह मन्त्रालयको ४४ अर्ब २८ करोड ७७ लाख रुपैयाँ सम्पत्ति रहेको छ। सबैभन्दा कम दलित आयोगको २ करोडको सम्पत्ति मौज्दात रहेको छ।

दोस्रो बढीमा रक्षा मन्त्रालयको ४१ अर्ब ४४ करोड र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ८ अर्ब १८ करोड रहेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ।

हालसम्म सार्वजनिक निकायले नियमानुसार मूल्यांकन नगर्दा र प्राकृतिक स्रोतसाधनको समेत मूल्य निर्धारण गर्न नसक्दा सार्वजनिक सम्पत्ति कति छ भने खुलाउन समस्या देखिएको महालेखाले भनेको छ।

Tags :

प्रकाशित: १८ मंसिर २०७९, आईतवार १४:५३