काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ।
कांग्रेस अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो।
जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

प्रकाशित: १८ मंसिर २०७९, आईतवार १६:१४