आइसिसी विश्वकप लिग-२ : नेपाल १३७ रनमा अलआउट



काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्याण्डसामु आजको खेल जित्न १३८ रनको सामान्य लक्ष्य दिएको छ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर ब्याटिङ थालेको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै १३७ रनमात्र बनायो। नेपालका गुल्सन झाले सर्वाधिक २९ रन जोडे।

ज्ञानेन्द्र मल्ले २५ तथा अर्जुन साउदले १८ रन बनाए। कप्तान रोहित पौडेलले १७ तथा आरिफ शेखले १० रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ क्रिस सोलले सर्वाधिक ३ तथा मार्क वाटले २ विकेट हात पारे। ब्रान्डन म्याककुलम, सफायान सरिफ र माइकल लिस्कले १/१ विकेट लिए।

दोस्रो ओभरमै विकेट पहिलो गुमाएपछि धर्मराएको नेपाली टोलीको इनिङ ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले सम्हाल्ने प्रयास गरे पनि स्कोर उकास्न भने सकेनन्। दोस्रो ओभरको चौथो बलमा ओपनरका रुपमा आएका आशिफ शेख ७ रन बनाएर आउट भए।

अर्जुन साउद पनि १८ रन बनाउँदै रन आउट भएपछि नेपाली टोली थप दबाबमा पर्‍यो। स्कटल्याण्डका बलरसामु नेपालका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन्। वर्षाका कारण पहिलो खेल अवरुद्ध भएसँगै घरेलु टोलीसँग अंक बाँडेको नेपाल आजको दोस्रो खेलमा जित निकाल्दै विजयी शुरुवात गर्न चाहन्छ।

Tags :

प्रकाशित: १८ मंसिर २०७९, आईतवार १७:०८