यी हुन् २०० भन्दा कम मतान्तरमा पराजित हुने १० उम्मेदवार


तरुण पत्रिका

१८ मंसिर २०७९, आईतवार १७:३९

काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० वटा निर्वाचन क्षेत्रमा २०० भन्दा कम मतान्तरले उम्मेदवारहरू विजयी भएका छन्।

सबैभन्दा कम मतान्तरमा विजयी हुनेमा पाँचथरमा नेकपा एमालेका बसन्तकुमार नेम्बाङले नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले हराएका छन्।

नेम्बाङले ३२ हजार १३५ मत पाउँदा आङ्देम्बेले ३२ हजार ८९ मत पाए। यस्तै सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले ११२ मतान्तरमा एमाले उम्मेदवार जगदिश प्रसाद कुसियतलाई हराए।

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा कुसियतले ३० हजार ३७१ मत पाए। यस्तै इलाम २ मा नेकपा एमालेका सुबासचन्द्र नेम्बाङले नेपाली कांग्रेसका डम्बर बहादुर खड्कालाई ११४ मतान्तरले हराए। नेम्बाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत ल्याए।

Tags :

प्रकाशित: १८ मंसिर २०७९, आईतवार १७:३९