काठमाडौं। भारतसँग सीमा जोडिएको दार्चुलाको सीमा नाकामा तनाव उत्पन्न भएको छ।
भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि भारतको धार्चुलाबाट ढुंगा प्रहार भएको छ।
भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार जना नेपाली घाइते भएका छन्। नेपालतिरबाट पनि ढुंगा प्रहार भएको छ। तर त्यसको विवरण आउन बाँकी रहेको छ।
सीमा नाकामा तनाव भएपछि त्यसको विरोधमा पुलमा आवतजावत बन्द गरिएको छ। आइतबार दिउँसोतिरको घटना भएको र थप बुझ्नका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए।
ढुंगा हानाहानको बिषयमा खुली नसेकको उनले बताए। अहिले पुल भएको ठाउँमा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक लगायतको टोली गएको उनले बताए।
नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन्। भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप स्थानीयहरुले आरोप लगाएका छन्।
प्रकाशित: १८ मंसिर २०७९, आईतवार १७:४८