दोलखामा ३० वर्षे इतिहास ब्रेक गर्दै कांग्रेसका कुन्दराज काफ्ले विजयी


तरुण पत्रिका

१८ मंसिर २०७९, आईतवार २०:५९

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् ।

नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् । काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । २०५२ सालको उप—निर्वाचनमा स्व। नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनैपनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।

को हुन् काफ्ले?
काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनिति सुरु गरेका थिए । काफ्ले स्ववीयु सदस्य हुदै पशुपति क्याम्पसको स्ववीयू सचिव–२०५७ मा बनेका थिए । वि।स। २०६० सालमा पशुपति क्याम्पस स्ववीयू सभापति बनेका काफ्ले लगतै २०६१ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले वि।स।२०७३ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री बनेका थिए ।
नेपाली कांग्रेस १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बने । भने काग्रेस १४ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य हुदै २०७९ को आम निवार्चनमा दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।

प्रकाशित: १८ मंसिर २०७९, आईतवार २०:५९