दोलखामा एमाले र माओवादीमा मतान्तरको लुकामारी, शिवाकोटी ३० मतले अगाडि


तरुण पत्रिका

१९ मंसिर २०७९, सोमबार ०७:५१

दोलखा। दोलखामा प्रतिनिधिसभाको नतिजा रोचक बन्दै गएको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की र नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीबीच मतान्तरको लुकामारी चलिरहेको छ। छिनछिनमा दुवै उम्मेदवार अघि र पछि परिरहेका छन्।

अहिले नेकपा एमालेका बालकृष्ण शिवाकोटी जम्मा ३० मतले अघि लागेका छन्। शिवाकोटीले ३३ हजार ९३९ मत ल्याएका छन् भने माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ९०९ मत ल्याएका छन्। अब विगु गाउँपालिका १ (लामावगर), शैलुङ गाउँपालिका १ (दुधपोखरी), २ (भुषाफेदा,) मेलुङ गाउँपालिका १ (पवटी), गणना हुन बाँकी छ।

मंसिर ४ गते सम्पन्न निर्वाचनको दोलखाबाहेक अन्य सबै क्षेत्रको अन्तिम परिणाम आइसकेको छ।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार ०७:५१