काठमाडौं। दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार गंगा कार्की विजयी भएका छन्।
मतगणना सुरु भएदेखि नै कार्की र शिवकोटीबीच निकै प्रतिष्पर्धा भएको थियो। अन्तमा माओवादीका कार्कीले ३६ हजार ८९६ मत ल्याएर विजयी भएका छन्।
पराजित भएका एमालेका शिवाकोटीले ३६ हजार ४७८ मत ल्याएका छन्। उनीहरुबीचको मतान्तर ३ सय १८ रहेको छ। दोलखामा दुई वटा प्रदेशमध्ये एकमा नेपाली कांग्रेसका कुन्दन काफ्ले र प्रदेशसभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन्। यहाँ ८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो। तीन हजार ४७९ मत बदर भएको थियो।
प्रकाशित: १९ मंसिर २०७९, सोमबार ०९:२६