काठमाडौं। दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल-भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ। नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैँकै समयमा सीमा पुल खोलिएको थियो। भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरूलाई केही जानकारी नआएको उनले बताए।
स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरेको भए पनि आज किन पुल बन्द गरियो भन्ने थाहा नभएको उनले बताए।
प्रकाशित: १९ मंसिर २०७९, सोमबार १२:१०