नदि किनारमा बसेकाहरूको विरोध प्रदर्शन (फोटोफिचर)


तरुण पत्रिका

१९ मंसिर २०७९, सोमबार १४:२४

काठमाडौं। सुकुम्बासीका नाममा बागमती किनारमा बसेकाहरूले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका छन्।

सोमबार उनीहरूले माइतीघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म विरोध र्‍याली निकालेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहिनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका छन्।

एकीकृत बागमती सभ्यता विकास परियोजना र काठमाडौं महानगरपालिकाले सुचना निकाल्दै मंसिर १२ गते थापाथली स्थित सुकुम्बासी बस्ती खाली गर्न लाग्दा झडप भएको थियो। सो झडपमा परि महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३३ जना नगरप्रहरी घाइते भएका थिए।

Tags :

प्रकाशित: १९ मंसिर २०७९, सोमबार १४:२४