सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, लोसपालाई किन बोलाइएन ?


तरुण पत्रिका

१९ मंसिर २०७९, सोमबार १६:१४

काठमाडौं। चुनावी परिणामपछि सत्ता गठबन्धनको पहिलो बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरूमा भागबण्डा लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएपनि सत्ता गठबन्धनको बैठकमा लोसपालाई बोलाइएको छैन।

Tags :

प्रकाशित: १९ मंसिर २०७९, सोमबार १६:१४